Logo
२८ असार २०८३, आईतवार
|  Sun Jul 12 2026

रवि र बालेनबीच चार घण्टा छलफल,सरकारका काम कारबाही र संगठनात्मक विषयमा छलफल


काठमाडौँ । प्रधानमन्त्री बालेन साह र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । पार्टी सभापति लामिछानेलाई भेट्न प्रधानमन्त्री साह बिहान साढे ११ बजे लामिछाने निवास बूढानीलकण्ठ पुगेका थिए ।

सभापतिलाई भेटेर प्रधानमन्त्री दिउँसो तीन बजेपछि बाहिरिएका बताइएको छ । भेटमा सरकारका पछिल्ला काम कारबाही र संगठनात्मक विषयमा छलफल भएको बताइएको छ । पछिल्लो समय सरकारप्रतिको बढ्दो असन्तुष्टि र सुकुम्वासी व्यवस्थापनका विषयमा सरकारको चार्को आलोचना भइरहेका बेला दुई नेताबीच भेटवार्ता भएको हो ।

भेटमा उनीहरुबीच सरकराको एकसय दिनको समीक्षा, पार्टी पदाधिकारी मनोनयन, मन्त्रिपरिषद् पुनर्गठनलगायत विषयमासमेत कुराकानी भएको थियो। रास्वपामा वरिष्ठ नेतासहित ११ पदाधिकारी र ५१ जना केन्द्रीय सदस्य मनोनीत हुने व्यवस्था छ । यो विषय टुंगो लाग्न बाँकी छ।


प्रतिक्रिया दिनुहोस !
विचार