Logo
२९ असार २०८३, सोमबार
|  Mon Jul 13 2026

कुन उद्देश्यले मिडियाको गेटमा गाडी पार्किङ गरियो ? छानबिन गरियोस्:कांग्रेस


काठमाडौँ । नेपाली नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले सञ्चारमाध्यमका मुख्य गेटमा सवारी साधन पार्किङ गरिएको घटनाको छानबिनको माग गरेकी छन् । कुन उद्देश्यले मिडियाको कार्यालय अगाडि गाडी पार्किङ गरियो ? त्यसको छानबिन हुनुपर्ने उनको भनाइ छ ।

‘शहरका सडकमा अव्यवस्थित पार्किङ समस्याको रूपमा छ। तर, आज सञ्चारमाध्यमका मुख्य गेटमा सवारी साधन पार्किङ गरिएको घटनापछि केही स्वाभाविक प्रश्नहरू उठेका छन् । उक्त सवारीसाधन त्यहीँ किन र कसले पार्क गर्‍यो ?’, उनले प्रश्न गरेकी छन्, ‘यो केवल संयोग थियो, वा यसको पछाडि कुनै उद्देश्य थियो? यदि उद्देश्य थिएन भने मिडिया संस्थाहरू प्रत्यक्ष प्रभावित हुने स्थान नै किन रोजियो ?’

कुनै आशङ्का गर्नुभन्दा पनि निष्पक्ष र विश्वसनीय छानबिन गर्न माग गरेकी छन् । उनले थपेकी छन्, ‘आधुनिक समाजमा स्वतन्त्र र निर्भीक सञ्चारमाध्यम लोकतन्त्रका महत्त्वपूर्ण आधारस्तम्भ हुन् । त्यसैले यस घटनाको सत्यतथ्य पारदर्शी ढङ्गले सार्वजनिक हुनु आवश्यक छ। यसले केवल घटनाप्रतिको विश्वास मात्र होइन, राज्यका निकायहरूप्रतिको जनविश्वास पनि सुदृढ बनाउँछ ।’


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार