Logo
३० असार २०८३, मंगलवार
|  Tue Jul 14 2026

‘श्री ८ वालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन ?’


प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सचेतक निश्कल राईले सरकारको चर्को आलोचना गरेका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले वालेन्द्र शाह (बालेन)लाई प्रश्न गर्न नपाइने वातावरण बनाउन खोजेको आरोप लगाए । उनले बालेनलाई व्यंग्यात्मक रूपमा ‘श्री ८’ को संज्ञा पनि दिए ।

राईले भने, ‘सरकारले श्री ८ बालेन्द्रलाई प्रश्न गर्न पाइँदैन भनेर स्थापित गर्न खोजेको छ । देशमा रहेको संविधान र कानुनी परिधिभित्र रहेर उठ्ने प्रश्नभन्दा माथि श्री ८ हुनुहुन्छ भन्ने चेतावनी नागरिकलाई यो सरकारले दिइरहेको छ ।’

सांसद राईले सरकार लोकतान्त्रिक मूल्य–मान्यता विपरीत अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारमाथि अंकुश लगाउने दिशामा अघि बढेको आरोपसमेत लगाए ।


प्रतिक्रिया दिनुहोस !
विचार