Logo
१९ भाद्र २०८३, शुक्रबार
|  Sat Sep 5 2026

यदि भारतले नेपालले मिचेको भूमि फिर्ता माग्यो भने कुन भूमि दिने ?


काठमाडौँ । नेकपा एमालेकी सांसद गंगा श्रेष्ठले भारतले नेपालले मिचेको भूमि फिर्ता मागे सरकारले कुन भूमि फिर्ता दिन्छ भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरेकी छन् ।

बुधबारको प्रतिनिधिसभा बैठकमा सांसद श्रेष्ठले प्रधानमन्त्री बालने साहको अभिव्यक्तिलाई लक्षित गर्दै भनिन्, ‘यदि भारतले नेपालले मिचेको भूमि फिर्ता माग्यो भने कुन भूमि दिनुहुन्छ ?’

उनले प्रधानमन्त्रीले गत १७ जेठमा नेपालले पनि भारतको भूमि मिचेको भनेर दिएको दिएको अभिव्यक्ति आपत्तिजनक भएको बताइन् । सांसद श्रेष्ठले प्रधानमन्त्रीले कालापानी, लिपुलेक र लिम्पियाधुरामाथिको नेपालको दाबी छाड्न खोजेको हो कि भन्ने आशंका पनि व्यक्त गरिन् ।

उनले सीमाक्षेत्रमा रहेका जंगे पिलरहरू खिइँदै र सारिँदै जाँदा त्यहाँका नागरिक बेलुका नेपाली भएर सुत्ने र बिहान भारतीय भएर उठ्नुपर्ने अवस्था आएको उल्लेख गर्दै सरकारले त्यसतर्फ गम्भीर ध्यान दिनुपर्ने बताइन् ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार