Logo
३२ असार २०८३, बिहीबार
|  Thu Jul 16 2026

सांसदहरूलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णय


प्रतिनिधिसभा बैठक काठमाडौँ, ७ जेठः सिंहदरबारस्थित सङ्घीय संसद् भवनमा बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सहभागी सांसदहरु । तस्बिरः किरणराज विष्ट÷रासस

काठमाडौँ । अब सांसहरुले स्वकीय सचिव राख्न पाउने भएका छन् । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले जानकारी दिइन् ।

यसअघि सुशीला कार्की नेतृत्वको सरकारले सांसदले स्वकीय सचिव राख्न पाउने व्यवस्था हटाएको थियो । तर बालेन साह नेतृत्वको सरकारले फेरि सांसदलाई स्वकीय सचिव राख्न पाउने व्यवस्था ब्युँताएको हो।

मन्त्रिपरिषद्को बैठकले संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ को अनुसूची परिमार्जन गरेर सांसदले स्वकीय सचिव राख्न पाउने व्यवस्था गरेको हो । सांसदहरूले स्नातकसम्म अध्ययन गरेको अधिकृत सरहको स्वकीय सचिवको सुविधा पाउने छन्।


प्रतिक्रिया दिनुहोस !
विचार