Logo
१ श्रावण २०८३, शुक्रबार
|  Fri Jul 17 2026

शैक्षिक परामर्श व्यवसायीहरु सरकारविरुद्ध प्रदर्शन गर्दै सडकमा


काठमाडौँ । शैक्षिक परामर्श व्यवसायी संयुक्त संघर्ष समितिले सरकारद्वारा जारी नयाँ ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०८३’ को विरोध गर्दै शुक्रबारदेखि आन्दोलन सुरु गरेको छ ।

आन्दोलनको पहिलो दिन काठमाडौंको पुतलीसडक चोकमा व्यवसायीहरूले प्लेकार्डसहित प्रदर्शन गरेका छन् ।

उनीहरूले ‘शिक्षा सेवा हो, अपराध होइन’, ‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’, ‘विद्यार्थीको भविष्य सुरक्षित बनाऔँ’ लगायतका नारासहित सरकारको नियमावलीप्रति असन्तुष्टि जनाएका हुन् ।


प्रतिक्रिया दिनुहोस !
विचार