Logo
१ श्रावण २०८३, शुक्रबार
|  Fri Jul 17 2026

डिजिटल मुद्रा नेपालको वित्तीय प्रणालीका लागि नयाँ चुनौतीः गभर्नर पौडेल


????????, ? ????? ?????? ????, ???????????? ???????? ???????? ?????????????? ??????? ??????? ????? ????????????, ???? ??????? ???? ?????? ?????? ???????? ? ??????? ????? ?????÷????

काठमाडौं । संसदको अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न ल्याइएको विधेयकमाथि दफावार छलफल भएको छ ।

प्रतिनिधिसभाले दफावार छलफलका लागि उक्त विधेयक अर्थ समितिमा पठाएको थियो । बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले विधेयकमाथि खुला र विधिसम्मत छलफलमार्फत आवश्यक निर्णयमा पुग्न सरकार तयार रहेको बताए ।

उनले राष्ट्र बैंकका गभर्नरले अनुभवका आधारमा केही सुझाव प्रस्तुत गरेको उल्लेख गर्दै सञ्चालक समितिमा सदस्य संख्या पाँच, सात वा नौ जना राख्ने विषयमा समितिले नै निर्णय गर्नुपर्ने बताए । उनले डेपुटी गभर्नरको संख्या तथा उनीहरूलाई बाहिरबाट नियुक्त गर्ने विषयमा समेत केही संशोधन प्रस्ताव परेकाले त्यसबारे समितिमा छलफल गरेर निष्कर्षमा पुग्नुपर्ने धारणा राखे ।

सैद्धान्तिक वा व्यावहारिक रूपमा ठूलो मतभेद नरहेको उल्लेख गर्दै उनले सबै विषयलाई स्वच्छ र स्वस्थ छलफलमार्फत टुङ्ग्याउनुपर्ने बताए ।अर्थमन्त्री वाग्लेले सांसद सुशील खड्काले उठाएको फिल्ड भ्रमण भत्तासम्बन्धी विषयमा सरकार नकारात्मक नरहेको पनि स्पष्ट पारे । समयानुकूल र कानुनी प्रक्रिया पूरा गरेर त्यस्ता सुविधा समायोजन गर्न सरकार तयार रहेको उनको भनाइ थियो ।

त्यसैगरी नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले डिजिटल मुद्रा (क्रिप्टोकरेन्सी) नेपालको वित्तीय प्रणालीका लागि नयाँ चुनौतीका रूपमा देखिएको बताए ।

उनले नेपालमा क्रिप्टोकरेन्सी कारोबारलाई कानुनी मान्यता नदिइएको भए पनि यसको प्रयोग र प्रभावबारे अध्ययन भइरहेको जानकारी दिए । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को पछिल्लो तथ्यांकले नेपालमा क्रिप्टोकरेन्सी होल्डिङ कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को करिब पाँच प्रतिशत बराबर रहेको संकेत गरेपछि राष्ट्र बैंकले त्यसबारे गम्भीर अध्ययन गरिरहेको उनले बताए ।

उनले भने, ‘नेपालमा क्रिप्टोकरेन्सीलाई कानुनी मान्यता छैन । तर यसको प्रयोग र प्रभावबारे हामी अध्ययन गरिरहेका छौं । आईएमएफको तथ्यांकले क्रिप्टोकरेन्सी होल्डिङ जीडीपीको करिब पाँच प्रतिशत रहेको संकेत गरेपछि नेपाल प्रहरीसँग समन्वय गरेर थप अध्ययन अघि बढाएका छौं । पर्याप्त अध्ययन र तथ्यका आधारमा मात्रै आवश्यक नीतिगत तथा कानुनी निर्णय लिनेछौं ।’

उनले विश्वभर डिजिटल बैंकिङ, क्रिप्टोकरेन्सी तथा नयाँ प्रविधिको विकासले बैंकिङ क्षेत्रलाई प्रभावित गरिरहेको उल्लेख गर्दै नेपालमा पनि यस्ता विषयलाई सम्बोधन गर्न भविष्यमा आवश्यक कानुनी व्यवस्था गर्नुपर्ने अवस्था आउन सक्ने बताए ।


प्रतिक्रिया दिनुहोस !
विचार