Logo
१८ भाद्र २०८३, बिहीबार
|  Thu Sep 3 2026

एक रुपैयाँको नेपाली सिक्कामा अमेरिकी सहयोगमा बनेको लु भ्याकुर गुम्बाको चित्र किन ?


काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता डा. भीम रावलले एक रुपैयाँको नेपाली सिक्कामा अमेरिकी सहयोगमा बनेको लु भ्याकुर गुम्बाको चित्र राख्ने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन् । सामाजिक संजालमार्फत रावलले सिक्कामा नेपालको नक्सा हटाएर गुम्बा राख्ने निर्णयप्रति आपत्ति जनाएका हुन् ।

उनले भनेका छन्, ‘बालेन साहको प्रधानमन्त्रीत्वमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले गत असार ३२ गते एक रुपैयाँको नेपाली सिक्काबाट लिम्पियाधुरा, लिपुलेक र कालापानी समेत समेटिएको नेपालको नक्सा हटाएर अमेरिकी सहयोगमा बनेको लु भ्याकुर भन्ने गुम्बाको चित्र राख्ने निर्णय गरी राष्ट्र बैंकलाई निर्देशन दिएको भन्ने कुरा बाहिर आएको छ। यदि यस्तो गरिएको हो भने प्रधानमन्त्रीले नेपालले भारतको धेरै जग्गा मिचेको रहेछ भन्ने अभिव्यक्ति दिएपछिको अर्को गम्भीर राष्ट्रघाती र नेपालको भौगोलिक अखण्डता विरुद्धको घातक निर्णय गरिएको ठहरिने छ। यसबारे राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाल सरकारले जनतालाई यथार्थ कुरा तत्काल जानकारी गराउनुपर्छ ।’


प्रतिक्रिया दिनुहोस !
विचार