Logo
४ श्रावण २०८३, सोमबार
|  Tue Jul 21 2026

इरान युद्धमा मारिने अमेरिकी सैनिकको संख्या १७ पुग्यो, ४२० भन्दाबढी घाइते


रोयटर्स । अमेरिका र इरानबीच पुनः चर्किएको युद्धका क्रममा अमेरिकी सेनाले सोमबार लगातार नवौं दिन इरानमाथि हवाई आक्रमण गरेको छ।

यसबीच थप एक अमेरिकी सैनिकको मृत्यु पुष्टि भएसँगै अमेरिकी सैनिकको मृत्यु संख्या तीन पुगेको छ । साथै, हर्मुज जलडमरूमध्य हुँदै हुने विश्व ऊर्जा आपूर्तिको सुरक्षालाई लिएर अन्तर्राष्ट्रिय चिन्ता पनि बढेको छ। अमेरिकी सेनाको केन्द्रीय कमाण्ड (सेन्टकम)ले विज्ञप्ति जारी गर्दै हर्मुज जलडमरूमध्यका महत्वपूर्ण जलमार्गमा व्यावसायिक जहाजमाथि आक्रमण गर्ने इरानको क्षमता कमजोर पार्ने उद्देश्यले नयाँ चरणको आक्रमण सुरु गरिएको जनाएको छ।

इरानको अर्धसरकारी समाचार संस्था तस्निमका अनुसार सोमबार बिहान अमेरिकी क्षेप्यास्त्रले तब्रिज, चाबहार, कोनारक, बन्दर माहशहर र बन्दर इमाम खोमेनीलगायतका शहरलाई निशाना बनाएको थियो। ती क्षेत्रमा शक्तिशाली विस्फोटको आवाज सुनिएको तस्निमले जनाएको छ।

युद्धमा अमेरिकी पक्षको पछिल्लो क्षतिबारे अमेरिकी सेनाले शनिबार उत्तरी इराकस्थित सैन्य अड्डामा खसालिएको इरानी आक्रमणकारी ड्रोनको विस्फोटक सामग्री निष्क्रिय पार्ने क्रममा एक सैनिकको मृत्यु भएको जानकारी दिएको छ।

यसअघि जोर्डनमा दुई अमेरिकी सैनिकको मृत्यु भएको र एक सैनिक बेपत्ता भएको अमेरिकी सेनाले जनाएको थियो। सेन्टकमका अनुसार शुक्रबारको आक्रमणस्थलबाट पहिचान खुल्न बाँकी रहेका मानव अवशेष फेला परेको र त्यसको परीक्षण जारी छ।

पछिल्लो घटनासँगै युद्ध सुरु भएयता मृत्यु भएका अमेरिकी सैनिकको संख्या १७ पुगेको छ भने ४२० भन्दा बढी सैनिक घाइते भएका छन्।


प्रतिक्रिया दिनुहोस !
विचार