Logo
४ श्रावण २०८३, सोमबार
|  Tue Jul 21 2026

कञ्चनपुरमा च्याउ खोज्न जंगल गएका १४ महिला सम्पर्कविहीन


कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटाबाट च्याउ टिप्न जंगल गएका १४ जना महिला सम्पर्कविहीन भएका छन् ।

प्रहरीका अनुसार उनीहरू आइतबार बिहान करिब ११ बजेतिर च्याउ टिप्न जंगलतर्फ गएका थिए ।

लामो समयसम्म घर नफर्किएपछि परिवारका सदस्यले खोजी थालेका थिए । पछि सम्पर्क हुन नसकेपछि प्रहरीलाई जानकारी गराइएको हो ।

सम्पर्कविहीन भएका महिलाहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार