Logo
९ श्रावण २०८३, शनिबार
|  Sun Jul 26 2026

कुनै पनि व्यक्तिमाथि कालो मसी प्रहार र दुर्व्यवहार लोकतन्त्र विपरीत : सभापति थापा


काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले कुनै पनि व्यक्तिमाथि कालो मसी प्रहार गर्ने, दुव्र्यवहार गर्ने वा अराजक गतिविधिमा उत्रिने कार्य कुनै पनि हालतमा स्वीकार्य नहुने बताएका छन् ।

प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि भएको आक्रमण निन्दनीय रहेको भन्दै सभापति थापाले यस्तो बताएका हुन् ।

उनले भनेका छन्, ‘लोकतन्त्रमा विचार फरक हुन सक्छ, असहमति पनि हुन सक्छ । तर कुनै पनि व्यक्तिमाथि कालो मसी प्रहार गर्ने, दुव्र्यवहार गर्ने वा अराजक गतिविधिमा उत्रिने कार्य कुनै पनि हालतमा स्वीकार्य हुन सक्दैन । प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि भएको आक्रमण निन्दनीय छ । असहमति भए त्यसको उत्तर संवाद, बहस र लोकतान्त्रिक प्रक्रियाबाट दिनुपर्छ, हिंसा वा अपमानबाट होइन ।’


प्रतिक्रिया दिनुहोस !
विचार