काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । सोमबार बिहान शीतल निवासमा उनीहरुबीच भेटवार्ता भएको हो ।
भेटमा समसामयिक राजनीतिक परिस्थिति र संसदीय गतिविधिबारे छलफल भएको आङ्देम्बेको सचिवालयले जनाएको छ ।
त्यस्तै आङ्देम्बेले देशका विभिन्न स्थानमा गएको बाढीपहिरोको, प्रभावित नागरिकको उद्धार, राहत र पुनस्र्थापनाबारे पनि राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए ।
त्यसक्रममा राष्ट्रपति पौडेलले राजनीतिक स्थिरताको आवश्यकता औंल्याउँदै कानुन निर्माणमा संसद्को प्रभावकारिता बढाउनुपर्नेमा जोड दिएका थिए ।





