Logo
११ श्रावण २०८३, सोमबार
|  Mon Jul 27 2026

‘संसदको रोष्ट्रममा सुँक्सुकाउँदै डाँको छोड्दैमा क्षम्य हुँदैन सुनसरी घटना,जवाफदेहिता भए राजीनामा देऊ’


काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले गृहमन्त्री सुदन गुरुङको राजीनामा मागेका छन् । सुनसरीमा प्रहरीले चलाएको गोली लागेर एकजनाको मृत्यु भएपछि एमाले नेता बास्कोटाले गृहमन्त्रीको राजीनामा मागेका हुन् ।

उनले संसदको डाँको छाडेर रुँदैमा यो क्ष्म्य नहुने बताए । उनले भनेका छन्, ‘टीओबी प्रतिनिधि संसदको रोष्ट्रममा फेरि सुँक्सुकाउँदै रुन्छ र सभा हलका केही डाँको छोड्दै भक्कानिन्छन् । पानी पिउदै भन्छ– हाम्रा भाइबहिनी माथि गोली चलेकोमा आफूलाई कति पीडा भइरहेछ । बाहिर केही रफ्फु मिडिया गिड्गडाउँदै भन्छन्–दोष ती मान्छेको थियो,जसले गोली खाए । जवाफदेहिता भए राजीनामा देऊ।’


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार