Logo
१३ श्रावण २०८३, बुधबार
|  Wed Jul 29 2026

सुनसरी घटना: धैर्यता र संयमतासाथ संवाद गर्न गगन थापाको आग्रह


काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले सर्वदलीय बैठकमा सरकारको खोजी गरेका छन् । बुधबार बिहान रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा सभापति थापाले बैठकमा प्रधानमन्त्री उपस्थित नभएकोमा असन्तुष्टि जनाएका हुन् ।

सुनसरी घटनाकाबारेमा रास्वपा सभापति लामिछानेले सर्वदलीय बैठक आह्वान गरेकोमा धन्यवाद दिँदै भने, ‘यतिखेर सरकार के गर्दैछ, सरकार कहाँ छ ? सरकार स्ट्याटसमा सीमित छ । सरकारले अरुलाई विश्वास गर्नुपर्छ ।’ उनले प्रधानमन्त्रीले सर्वदलीय बैठक नबोलाउने, राष्ट्रपतिसँग नभेटेको भन्दै असन्तुष्टि जनाए ।

सभापति थापाले सुनसरी घटनालाई कांग्रेसले आन्तरिक हिसाबले छानबिन गर्ने तर सरकारलाई अप्ठेरोमा नपार्ने बताए । सर्वदलीय बैठकमा प्रधानमन्त्री बालेन साह र गृहमन्त्री सुदन गुरुङ अनुपस्थित रहे ।


प्रतिक्रिया दिनुहोस !
विचार