राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने कांग्रेसका वरिष्ठ नेता गोपलामान श्रेष्ठलाई श्रद्धाञ्जली दिन केन्द्रीय कार्यालय सानेपामा पुगेका छन् ।
प्याङक्रियाज ग्रन्थीको क्यान्सरले निधन भएका श्रेष्ठलाई श्रद्धाञ्जली दिन लामिछाने बुधबार बिहान सानेपा पुगेका हुन् । सानेपामा पुगेर लामिछानेले स्वर्गीय श्रेष्ठपछि श्रद्धाञ्जली अर्पण गरे ।
श्रेष्ठ पूर्वउपप्रधानमन्त्री एवं कांग्रेस नेता हुन् । कांग्रेसका वरिष्ठ नेता श्रेष्ठको पार्थिव शरीरमा सभापति गगन थापाले पार्टीको झण्डा ओढाएका थिए। पूर्वउपप्रधानमन्त्री समेत रहेका श्रेष्ठको ८३ वर्षको उमेरमा मंगलबार उपचारका क्रममा जावलाखेलस्थित हेलिअस अस्पतालमा निधन भएको थियो । उनको आजै शवयात्रासहित पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ ।





