Logo
२८ आश्विन २०८३, बुधबार
|  Wed Oct 14 2026

श्रेष्ठको पार्थिव शरीरमा थापाले ओढाए पार्टीको झन्डा,श्रद्धाञ्जली दिन कांग्रेस कार्यालय पुगे रवि


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने कांग्रेसका वरिष्ठ नेता गोपलामान श्रेष्ठलाई श्रद्धाञ्जली दिन केन्द्रीय कार्यालय सानेपामा पुगेका छन् ।

प्याङक्रियाज ग्रन्थीको क्यान्सरले निधन भएका श्रेष्ठलाई श्रद्धाञ्जली दिन लामिछाने बुधबार बिहान सानेपा पुगेका हुन् । सानेपामा पुगेर लामिछानेले स्वर्गीय श्रेष्ठपछि श्रद्धाञ्जली अर्पण गरे ।

श्रेष्ठ पूर्वउपप्रधानमन्त्री एवं कांग्रेस नेता हुन् । कांग्रेसका वरिष्ठ नेता श्रेष्ठको पार्थिव शरीरमा सभापति गगन थापाले पार्टीको झण्डा ओढाएका थिए। पूर्वउपप्रधानमन्त्री समेत रहेका श्रेष्ठको ८३ वर्षको उमेरमा मंगलबार उपचारका क्रममा जावलाखेलस्थित हेलिअस अस्पतालमा निधन भएको थियो । उनको आजै  शवयात्रासहित पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार