Logo
१५ श्रावण २०८३, शुक्रबार
|  Fri Jul 31 2026

मधेशमा शान्त वातावरण निर्माणका निम्ति अभिभावकीय भूमिका निर्वाह गर्न गगन थापाको निर्देशन


काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले धार्मिक सामाजिक सद्भाव कायम राख्न तथा मधेशमा शान्त वातावरण निर्माणका निम्ति नेपाली काँग्रेसले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।

शुक्रबार मधेश प्रदेशका नेताहरूसँग जूम छलफलमा क्रममा सभापति थापाले सम्पूर्ण तह–तप्कालाई आ–आफ्नो स्तरबाट सहयोगको भूमिका निर्वाह गर्न निर्देशन दिएका हुन् ।उनले देशमा सामाजिक सद्भाव, शान्ति र आपसी विश्वास कायम राख्नु आजको सबैभन्दा ठूलो जिम्मेवारी भएको बताए ।

उनले देशमा लागेको कुनै पनि हिंसा र द्वन्द्वको आगो निभाउँदै राष्ट्रिय एकता, मेलमिलाप र सामाजिक सद्भाव कायम राख्ने ऐतिहासिक जिम्मेवारी कांग्रेसले सधैँ निभाएको बताए। सभापति थापाले सामाजिक सञ्जालमा आउने सूचनाहरू पत्याएर धारणा नबनाउन पनि जनप्रतिनिधिहरूलाई आग्रह गरे ।


प्रतिक्रिया दिनुहोस !
विचार