Logo
१८ श्रावण २०८३, सोमबार
|  Mon Aug 3 2026

कांग्रेस युवा नेताहरुले सुरु गरे विभाजन नजिक पुगेको पार्टीलाई एकताबद्ध गर्ने अभियान


काठमाडौं । नेपाली कांग्रेसका युवा नेताहरुले विभाजन नजिक पुगेको पार्टीलाई एकताबद्ध गर्ने अभियान सुरु गरेका छन् । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेताहरु नैनसिंह महर र रञ्जित कर्णले ‘देश र कांग्रेस जोड्ने अभियान’ सुरु गरेका हुन् । ‘राष्ट्रका लागि कांग्रेस, कांग्रेसका लागि एकता’ नारामार्फत अभियान सुरुवात गरेको पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।

कार्यक्रममा नेता नैनसिंह महरले पार्टीभित्र लामो समयदेखि बढ्दै गएको मतभेद, अविश्वास र आन्तरिक किचलोका कारण संगठन कमजोर बन्दै गएको बताए ।

उनले कांग्रेसको एकता कुनै दलगत स्वार्थको विषय नभई लोकतन्त्रको रक्षा र राष्ट्रको स्थायित्वसँग जोडिएको राष्ट्रिय दायित्व भएको उल्लेख गरे ।उनले आर्थिक मन्दी, बेरोजगारी, युवाको बढ्दो पलायन, सुशासनको संकट र जनजीविकाका समस्या दिनप्रतिदिन गम्भीर बन्दै गएको बताए । त्यसैगरी राष्ट्रियसभा सदस्य रन्जित कर्णले देश असहज अवस्थामा पार्टी विभाजित गर्न नहुने बताए ।

उनले भने, ‘आम जनताको मन रोएको बेला कांग्रेसलाई जोड्नुपर्ने आवश्यकता छ । कांग्रेस आन्तरिक रुपमा कमजोर र विभाजन भयो भने देश कमजोर हुन्छ । यस्तोबेला कांग्रेस एकढिक्का हुनैपर्छ ।’
नेताहरुले कांग्रेसभित्र देखिएको संस्थापन र इतर पक्षलाई एकताबद्ध हुन आग्रह गरे ।


प्रतिक्रिया दिनुहोस !
विचार