राजनीतिक विश्लेषक आनन्दराम पौडेलले माधवकुमार नेपाल समुहका नेताहरु आफूतिर तान्नका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले ७ मन्त्रालय आफूसँगै राखेको बताएका छन् ।
आजको प्रेससँग कुराकानी गर्दै विश्लेषक पौडेलले ओली भारतलाई रिझाउन लागिपरेको समेत आरोप लगाए । संसद् विघटनदेखि पछिल्लो पटक गरिएको मन्त्रीपरिषद पुनर्गठनसम्मका दृश्य र त्यसअघिका धेरै घटनाक्रम भारतकै इशारामा भएको उनको आरोप छ ।
भारतलाई खुसी पार्नकै लागि ओलीले आफू निकटका नेतालाई समेत मन्त्रीपरिषद्बाट बिदाई गरेर भारतसँग राम्रो सम्बन्ध भएका जसपा नेताहरुलाई मन्त्री बनाएको उनको भनाइ छ । विश्लेषक पौडेलसँगको विस्तृत कुराकानीका लागि भिडियो क्लिक गर्नुहोला ।