Logo
२९ भाद्र २०८३, सोमबार
|  Mon Sep 14 2026

शिक्षामन्त्री पोखरेलको २० औं एसियाली खेलकुदको बन्द प्रशिक्षणमा रहेका खेलाडीसँग भेट


काठमाडौँ । माननीय शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले २० औं एसियाली खेलकुदको तयारीलगायतका विषयमा जानकारी लिन बन्द प्रशिक्षणमा रहेका खेलाडीसँग भेट गरेका छन् ।

शनिबार मन्त्री पोखरेलले खेलाडीलाई उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिँदै खेल क्षेत्र र खेलाडीको समस्या सामाधान गर्न प्रतिबद्ध रहेको बताए । उनले खेलकुद र शिक्षा दुवै क्षेत्र भनेको आजै लगानी गरेर भोलि नै नतिजा आउने क्षेत्र नभएको भन्दै लङ टर्ममा लगानीको नतिजा अवश्य देखिने विश्वास व्यक्त गर्दै १० औं राष्ट्रिय खेलकुद यसैवर्ष सम्पन्न हुने बताए ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष विशाल श्रेष्ठ, शिक्षा तथा खेलकुद मन्त्रालयका प्रमुख सल्लाहकार सिद्धी व्यञ्जनकार र सल्लाहकार राजु सिंह, राखेप कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार