Logo
२८ श्रावण २०८३, बिहीबार
|  Thu Aug 13 2026

प्रधानमन्त्री बालेनलाई कोपमा सहभागी हुन टर्किका राष्ट्रपतिको निम्तो


काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह बालेनलाई जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय शिखर सम्मेलन‍ (कोप–३१) मा सहभागी हुन निमन्त्रणा आएको छ । परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकालले कोप–३१ मा सहभागी हुन प्रधानमन्त्री शाहलाई निम्तो आएको जानकारी दिए ।

उनका अनुसार कोपमा सहभागी हुन प्रधानमन्त्री शाहलाई टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले निमन्त्रणा पठाएका हुन् । परराष्ट्र मन्त्रालयमा प्राप्त निमन्त्रणा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइसकेको ढकालले जानकारी दिए ।

सन् २०२६ नोभेम्बर ९ देखि २० सम्म टर्कीको अन्ताल्यामा सम्मेलन हुँदै छ ।


प्रतिक्रिया दिनुहोस !
विचार