Logo
२७ श्रावण २०८३, बुधबार
|  Wed Aug 12 2026

शासनसँग प्रश्न गर्ने नागरिकको सामर्थले नै लोकतन्त्रलाई प्राण दिन्छः राष्ट्रपति


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले शासनसँंग प्रश्न गर्ने नागरिकको सामथ्र्यले लोकतन्त्रलाई प्राण दिने बताएका छन् ।अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा अनलाईन खबर डटकमद्वारा आयोजित कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै राष्ट्रपतिले शासनमाथि गरिने विवेकसम्मत प्रश्नले लोकतन्त्रलाई प्राण दिने बताएका हुन् ।

राष्ट्रपति पौडेलले राष्ट्र निर्माणको लागि पुर्खाको गौरवपूर्ण इतिहासको सम्मान गर्दै अनुभवहरूबाट सिकेर अघि बढ्ने युवा चाहिएको बताए । उनले भने, ‘अर्थतन्त्रलाई नयाँ विचार दिने युवा, विज्ञानलाई जिज्ञासु युवा चाहिने स्पष्ट पार्नुभयो । समाजलाई विभेद स्वीकार नगर्ने युवा चाहिन्छ ।’

राष्ट्रपति पौडेलले प्रविधि प्रयोग गर्न तर विवेकलाई प्रविधिको जिम्मा नछोड्न युवालाई आग्रह गरे । आवाज अझ स्पष्ट र प्रभावशाली रूपमा सुनिन थालेको भन्दै यो उपस्थितिलाई पुस्तान्तरणका रुपममा मात्रै नभई विचार र कार्यशैलीको नवीकरणका रूपमा पनि विकास गर्न सक्नुपर्ने बताए ।

उनले नेपाल विविध विचार, भाषा, संस्कृति र पहिचानको साझा घर भएको बताउदै भने, ‘यहाँ फरक मतहरू स्वतन्त्र रूपमा फुल्न पाउनुपर्ने र्छ । असहमति लोकतन्त्रको कमजोरी होइन; जिम्मेवार असहमति लोकतन्त्रको शक्ति हो । यहि शक्तिले संघीय लोकतान्त्रिक गणतन्त्रलाई आफ्नो लक्ष्यमा पुर्याउँंछ भन्ने मेरो बुझाई छ ।’ राष्ट्रपति पौडेलले संविधानले पूर्ण प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूति गरेको बताए ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार