Logo
२८ श्रावण २०८३, बिहीबार
|  Thu Aug 13 2026

साढे ५ महिनापछि शेरबहादुर देउवा स्वदेश फर्किए


काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा स्वदेश फर्किएका छन् । गत फागुन १३ मा पत्नी आरजु राणासहित सिंगापुर उडेका देउवा बिहीबार साढे ५ महिनापछि नेपाल फर्किएका हुन् ।

उनी उपचारका लागि भन्दै सिंगापुर गएका थिए । उनलाई विमानस्थलमा उनी पक्षधर नेताहरुले बाजागाजा र झाँकीसहित भव्य स्वागत गरेका थिए । संस्थापन इतर समूहको राष्ट्रिय भेलामा सहभागी हुन काठमाडौं आएका देशभरका कार्यकर्ता उनको स्वागतका लागि विमानस्थल पुगेका थिए ।

देउवाको स्वागतमा पुगेका कार्यकर्ताले उनको समर्थनमा नाराबाजी गरेका थिए । गत भदौ २४ गते जेनजी आन्दोलन क्रममा उनी गम्भीर घाइते भएका थिए।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार