Logo
२९ श्रावण २०८३, शुक्रबार
|  Fri Aug 14 2026

कास्की र पर्वत जोड्ने २ वटा पुल बाढीले बगायो,मन्दिरमा फसेका ३ जनाको उद्दार जारी


कास्की । बाढीले गएराति कास्की र पर्वत जोड्ने २ वटा मेटल पुल बगाएको छ भने मन्दिरमा फसेका ३ जनाको उद्दार प्रयास जारी छ ।

अन्नपूर्ण गाउंपालिका ५ र ६ को सिमाना नयाँ पुल–बिरेठाटी सडक खण्डको छेउमा मोदीखोलाको बीचमा रहेको अन्नपूर्ण माता मन्दिरमा मानिसहरु आवतजावत गर्ने २ वटा मेटलको पुल (पर्वत र कास्कीतर्फ) सहित मन्दिरको आधा भाग समेत नदिले बगाएको हो ।

यसका साथै मन्दिरमा रहेका १ जना सन्त पुजारी र २ जना भक्तजन गरी ३ जना ब्यक्तीहरु मन्दिरमा फसेको भन्ने खबर प्राप्त भए पश्चात उद्धारको लागी सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्किबाट ४ जना रोप रेस्क्यु र ३ जना गोताखोर सहितको उद्दार टोली घटनास्थल पुगेको छ ।

आवश्यक विपद उद्धारका सामग्री सहित राती ०२ः३५ बजे खटिगएका सुरक्षाकर्मिले उद्दार प्रयास गरिरहेका सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !
विचार