Logo
२९ श्रावण २०८३, शुक्रबार
|  Fri Aug 14 2026

पत्रकार श्रेष्ठलाई बरामद सामग्रीसहित सोमबार अदालतमा उपस्थित गराउन आदेश


काठमाडौँ । सर्वोच्च अदालतले जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन प्रहरीलाई आदेश दिएको छ ।

शुक्रबार न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले उनलाई अदालतमा उपस्थित गराउन आदेश दिएको हो ।पत्रकार श्रेष्ठका तर्फबाट उनकी श्रीमती सरस्वती श्रेष्ठले बिहीबार थुनामुक्त गर्न माग गर्दै बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी थिइन् । रिटमा बिनाआधार पक्राउ गरिएको भन्दै उनलाई थुनामुक्त गर्न माग गरिएको छ ।

बुधबार राति पत्रकार श्रेष्ठलाई पक्राउ गरिएको थियो । काठमाडौँ जिल्ला अदालतले बिहीबार उनलाई  प्रहरी हिरासतमा राख्न तीन दिनको अनुमति दिएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार