Logo
३० श्रावण २०८३, शनिबार
|  Sat Aug 15 2026

सन् २०४७ सम्म ‘विकसित भारत’ बनाउने प्रधानमन्त्री मोदीको सङ्कल्प


काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा दिल्लीस्थित लालकिल्लाबाट राष्ट्रका नाममा सम्बोधन गरेका छन्। सम्बोधनका क्रममा मोदीले भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूसहित सरदार वल्लभभाइ पटेल, श्यामाप्रसाद मुखर्जी, नेताजी सुभाषचन्द्र बोस, डा. भीमराव आंबेडकर, भगत सिंह, सुखदेव, राजगुरु, भगवान् बिरसा मुन्डा र ज्योतिबा फुलेलाई स्मरण गरे।

मोदीले नक्सलवाद र माओवादलाई देशसामु दशकौँ पुरानो चुनौतीका रूपमा उल्लेख गर्दै यसको अन्त्य गर्ने प्रतिबद्धता दोहोर्‍याएका छन् ।उनले नक्सलवादले चार दशकसम्म भारतको ठूलो भूभाग र ठूलो जनसंख्यालाई हिंसाको चपेटामा पारेको दाबी गरे । उनले यो संख्या युद्धमा ज्यान गुमाउने सुरक्षाकर्मीको संख्याभन्दा पनि बढी भएको बताए ।

मोदीले आफ्नो १२ वर्षे कार्यकालका उपलब्धि प्रस्तुत गर्दै युवा, महिला, किसान, गरिब तथा मध्यमवर्गीय परिवारलाई विशेष प्राथमिकता दिए। उनले सन् २०४७ सम्म भारतलाई विकसित राष्ट्र बनाउने संकल्प पनि दोहोर्‍याए।

उनले भारतको उत्पादन, कपडा उद्योग, रक्षा, रेलवे, यातायात तथा सञ्चार पूर्वाधार, औषधि उद्योग र स्टार्टअप क्षेत्रका उपलब्धि पनि उल्लेख गरे। कोरोना महामारी र पछिल्ला युद्धका कारण उत्पन्न ऊर्जा संकटको चर्चा गर्दै मोदीले आफ्नो सरकारले ती संकटको सामना गरेको दाबी गरे। साथै, लोकसभा र विधानसभामा महिलालाई ३३ प्रतिशत आरक्षण कार्यान्वयन गर्न उनले सबै राजनीतिक दललाई आह्वान गरे।


प्रतिक्रिया दिनुहोस !
विचार