Logo
३१ श्रावण २०८३, आईतवार
|  Sun Aug 16 2026

विचारको बहस गर्ने कार्यकर्ता आवारा हुन् भने तिनलाई नेतृत्व दिने संस्थालाई चाहिँ के भन्ने ?


काठमाडौँ । नेकपा एमालेका नेता झपट रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीले शनिबार इलाममा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । आइतबार सामाजिक संजालमार्फत रावलले ओलीले पार्टी पुनर्गठनको बहस र आवाजलाई ‘हुल्याहाहरूको हुलदंगा’ भनेकोप्रति आपत्ति जनाएका हुन् ।

अध्यक्ष ओलीले पार्टीभित्र अनुशासनहिनता, अराजकता देखापरेको भन्दै ख्याल ठट्टामा अध्यक्ष हटाउने कुरा नगर्न चेतावनी दिएका थिए । ओलीले भनेका थिए, ‘ख्याल–ख्याल जस्तो गरेर पार्टी अफिसको क्यान्टिनमा बसेर केही आभाराहरू अध्यक्ष हटाउने कुरा … मानिलिऔं, ख्याल हो, ठट्टा हो जस्तो हो जस्तो गरेर ।’


प्रतिक्रिया दिनुहोस !
विचार