Logo
२९ भाद्र २०८३, सोमबार
|  Tue Sep 15 2026

विद्युत निर्यातलाई मात्र नेपालको ऊर्जा क्षेत्रको पूर्ण सफलता मान्न मिल्दैन :मन्त्री श्रेष्ठ


काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सुक्खायाममा उत्पादन घट्ने भएकोले अझै पनि भारतबाट विद्युत् आयात गर्नुपर्ने अवस्था रहेको बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै आर्थिक वर्ष ८२/८३ मा नेपालले करिब १० अर्ब ५५ करोड रुपैयाँको विद्युत् आयात गरेको बताए।

विद्युत् निर्यात र स्वदेशी विद्युत् आपूर्तिलाई एक अर्काको विरोधाभासका रूपमा नभई उत्पादन, प्रसारण र वितरण प्रणालीका छुट्टाछुट्टै चुनौतीका रूपमा बुझ्न आवश्यक रहेको बताए। औद्योगिक करिडोरहरूमा प्रसारण तथा वितरण पूर्वाधारका कारण भोल्टेजमा उतारचढाव तथा विद्युत् गुणस्तर सम्बन्धी समस्या रहेको गुनासो छ।’

जलाशययुक्त योजना निर्माण, प्रसारण सञ्जालको विस्तार तथा वितरण प्रणालीको सुदृढीकरण नहुँदासम्म यी चुनौती पूर्ण रूपमा समाधान गर्न कठिन बनेको बताए।


प्रतिक्रिया दिनुहोस !
विचार