सुर्खेत । कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीले आज विश्वासको मत लिँदैछन् । त्यसका लागि प्रदेशको सभा बैठक आज दिउँसो ठिक ३ बजेका लागि बोलाइएको छ ।
मुख्यमन्त्री शाहीले विश्वासको मत लिने तयारी गरेपनि मन्त्रिमण्डल विस्तार भने अनिश्चित छ । साउन १२ गते नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका उनले २३ दिन बितिसक्दा मन्त्रिमण्डल विस्तार गर्न सकेका छैनन् ।





