Logo
३ भाद्र २०८३, बुधबार
|  Wed Aug 19 2026

प्रवासी नेपालीलाई स्थानीय तह निर्वाचनमा भोट हाल्ने व्यवस्था गर्न रास्वपा महामन्त्रीको आग्रह


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिनकुमार आचार्यले विदेश रहेका नेपालीले आगामी स्थानीय तहको निर्वाचनमा मतदात गर्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् ।

बुधबारको प्रतिनिधिसभा बैठकमा महामन्त्री आचार्यले रास्वपाको क्यान्डिडेट क्लबमा विश्वभरीका पार्टी कार्यकर्तामार्फत उम्मेदवार चयन गर्ने प्रक्रियाको सुरु गरिएको भन्दै प्रवासमा रहेका नागरिकले समेत आउँदो स्थानीय तहको निर्वाचनमा मत हाल्न पाउने व्यवस्था मिलाउन माग गरेका हुन् ।

उनले यो बीचमा छिटो कानुनी अड्चन फुकाउन आग्रह गरेका छन् । उनले भने, ‘हामी चाहन्छौँ यो पटकको स्थानीय तहको निर्वाचनमा संसारभरका प्रवासी नेपालीहरूले भोट हाल्न पाउन् । त्यसका लागि जे जे कानुनी कामहरू गर्नुपर्नेछ त्यसको सुरु गरौँ।’

उनले विदेशमा रहेका नागरिकको नोट चल्ने तर भोट नचल्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताए ।


प्रतिक्रिया दिनुहोस !
विचार