Logo
४ भाद्र २०८३, बिहीबार
|  Thu Aug 20 2026

नेपाल लाइफको राष्ट्रिय सम्मान कार्यक्रमबारे भ्रम फैलाइएकोमा बीमा अभिकर्ता संघको आपत्ति


काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपाल, बीमक केन्द्रीय समिति नेपाल लाइफले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको राष्ट्रिय सम्मान कार्यक्रमलाई प्रभावित पार्ने उद्देश्यले भ्रामक प्रचार गरिएको भन्दै आपत्ति जनाएको छ ।

संघले बिहीबार विज्ञप्ति जारी गरी राष्ट्रिय सम्मान कार्यक्रम भदौ ३ गतेदेखि काठमाडौंस्थित होटल याक एन्ड यतिमा निर्धारित समयअनुसार भव्य र सभ्य रूपमा सञ्चालन भइरहेको जनाएको छ ।

कार्यक्रम चलिरहेका बेला केही गैरअभिकर्ता तथा संघको नाममा उठाइएका हिसाब–किताबमा अनियमितता भएको र संघका कागजात बरबुझारथ नगरी अर्को संगठन गैरकानुनी रूपमा दर्ता गरिएको भन्दै अनावश्यक विवाद सिर्जना गर्न खोजिएको संघको आरोप छ।

संघका अनुसार अमुक कम्पनीमा कार्यरत अभिकर्तालाई समेत बाहिर बोलाएर हुलहुज्जत गर्ने प्रयास भएको तथा कम्पनीलाई बदनाम गर्ने र राष्ट्रिय सम्मान कार्यक्रममा देशभरबाट सहभागी भएका अभिकर्ताहरूको मानमर्दन गर्ने उद्देश्यले भ्रामक प्रचार गरिएको छ।


प्रतिक्रिया दिनुहोस !
विचार