Logo
५ भाद्र २०८३, शुक्रबार
|  Fri Aug 21 2026

वर्षाका कारण बाँसबारीमा भासियो साढे दुईतले घर


काठमाडौँ । काठमाडौँ महानगरपालिका–३ बाँसबारीमा सञ्चालनमा रहेको न्यु गण्डकी गेष्ट हाउस भासिएको छ । बिहीबार बेलुका करिब ८ बजे वर्षाका कारण साढे दुईतले भवन भासिएको हो ।

गेष्ट हाउस रहेको घर भासिए पनि घटनाका बेला भवनमा कोही नरहेको बताइएको छ । भवनमा मानिस नरहेकाले मानवीय क्षति हुने जोखिम भने नरहेको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार