Logo
५ भाद्र २०८३, शुक्रबार
|  Fri Aug 21 2026

फेसबुकमा भरुवा बन्दुकको फोटो पोस्ट गर्ने दुई जना पक्राउ


गोरखा । गोरखाको सिरानचोक गाउँपालिका–६ नयाँसाँघुबाट फेसबुकमा भरुवा बन्दुक बोकेको फोटो पोस्ट गर्ने एक जना र लाइसेन्सबिना भरुवा बन्दुक राख्ने अर्का एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भीमसेन थापा गाउँपालिका–२ सुनारगाउँ घर भई हाल पालुङटार नगरपालिका–१ खोप्लाङमा ज्यामी काम गर्दै आएका ४३ वर्षीय प्रेम सुनार र सोही स्थानका ३३ वर्षीय विष्णु सुनार रहेका छन् ।

प्रहरीका अनुसार प्रेम सुनारले आफ्नो फेसबुक आईडी ‘एचझ क्गलबच’ मार्फत भरुवा बन्दुक बोकेको फोटो पोस्ट गरेका थिए । उक्त फोटोका आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा उनको साथबाट लाइसेन्स नभएको एक थान भरुवा बन्दुक बरामद भएको थियो ।

थप अनुसन्धानका क्रममा उक्त भरुवा बन्दुक पालुङटार नगरपालिका–१ खोप्लाङ बस्ने विष्णु सुनारको भएको खुलेपछि प्रहरीले उनलाई समेत नियन्त्रणमा लिएको हो । घटनाबारे दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार