Logo
२१ आश्विन २०८३, बुधबार
|  Thu Oct 8 2026

मलाई मारिदेउ २’ गीत सार्वजनिक


काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा नयाँ गीत ‘मलाई मारिदेउ २’ सार्वजनिक भएको छ। गीतको भिडियो Sadikshya Creation युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

गीतमा एलिना चौहानको स्वर रहेको छ भने अलोन रेशमको शब्द तथा विशाल निरौलाको संगीत र एरेन्ज रहेको छ। गीतको मिक्सिङ तथा मास्टरिङ रञ्जन राईले गरेका छन्।

गीतको भिडियोमा सदिक्षा पाण्डे, पुरु भण्डारी र स्मारिका बिष्ट लगायतको अभिनय रहेको छ। भिडियोको निर्देशन अलोन रेशमले गरेका छन्। छायांकन गोङ्गबा बिष्टले गरेका छन् भने सम्पादन, कलर तथा ग्राफिक्स मिन रावलको रहेको छ।

त्यस्तै, भिडियोको निर्माता उपेन कुँवर रहेका छन्। मेकअप आर्टिस्टका रूपमा संगीता साम्बा तथा सहायक सम्पादकमा दिपक देउवा रहेका छन्। भिडियोको पोस्ट प्रोडक्सन दिनपरी क्रिएसन प्रा.लि. ले गरेको छ।

भावनात्मक कथावस्तु र आधुनिक नेपाली संगीतको संयोजन प्रस्तुत गरिएको गीतको भिडियो सार्वजनिक भएसँगै दर्शक तथा संगीतप्रेमीमाझ चर्चा सुरु भएको छ। यसअघि पनि यसै टिमसँग सम्बन्धित ‘आँसुको मूल्य (Malai Marideu-2)’ गीत सार्वजनिक भएको थियो, जसमा प्रमोद खरेलको स्वर, अलोन रेशमको शब्द र विशाल निरौलाको संगीत रहेको थियो।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार