काठमाडौँ। नेकपा एमालेका नेता प्रदीप कुमार ज्ञवालीले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) नेतृत्वको सरकार निर्वाचित अधिनायकवादतर्फ अगाडि गएको आरोप लगाएका छन्।
आइतबार काठमाडौँमा भएको एक कार्यक्रममा ज्ञवालीले अधिनायकवादी शक्तिहरू विरुद्ध सम्पूर्ण वामपन्थीहरू एकजुट हुनुपर्ने आवश्यकता औँल्याए। उनले राष्ट्रपति र संसद्को पनि मतलब नराखी बेलगाम घोडाजस्तो सरकार अधिनायकवादतर्फ गएको टिप्पणी गरे।







