काठमाडौं । नेकपा एमालेकी संसदीय दलकी उपनेता पद्मा अर्यालले बाराकी बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको विषयलाई आधार मानेर सरकारले यस्ता घटना किन घट्छन् भन्ने निर्क्यौल गर्न माग गरेकी छन्।
प्रतिनिधिसभाको सोमबारको बैठकलाई सम्बोधन गर्दै उनले यौन पिपासु मानव भएर पशुजन्य व्यवहार गर्ने व्यक्तिलाई साहस कहाँबाट प्राप्त भएको छ भन्ने पत्ता लगाउन माग गरेकी हुन्।उनले निर्मला पन्तसहितका घटना पनि स्मरण गरिन्।
उनले सरकारको खुट्टा लुलो हुन थालेको टिप्पणी पनि गरेकी छन्। यस्तै, उनले उपभोक्ताले ग्यास नपाएको, किसानले समयमै मल नपाएको विषयमा पनि सरकार गम्भीर नभएकोमा आपत्ति जनाइन्।







