Logo
१० भाद्र २०८३, बुधबार
|  Wed Aug 26 2026

रसुवा बाढीपछि गृहमन्त्रालयको आग्रह


रसुवामा ठूलो बाढी आएपछि गृह मन्त्रालयले ५ जिल्लाका नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ।

गृह मन्त्रालयले सूचना जारी गरी भोटेकोशी र त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन भनेको हो।

गृहले रसुवा, धादिङ, गोरखा, चितवन र नुवाकोटका नदी तटीय क्षेत्रमा बसोबास गर्ने परिवारलाई सुरक्षित स्थानमा रहन भनेको हो।

खोज तथा उद्धार आवश्यक भएमा वा कुनै सहायता गर्नुपर्ने अवस्था देखिएमा टोल फ्रि नम्बर १२३४ मा तुरुन्त कल गर्नु पनि गृहले अनुरोध गरेको छ।

पृथ्वी राजमार्ग, गल्छी(नुवाकोट(रसुवा(स्याफ्रुबेसी सडक, मुग्लिङ(नारायणगढ सडकमा यात्रा नगर्नु नगराउनु हुन एवं उक्त स्थानमा आवतजावतमा पूर्ण रोक लगाउन समेत गृहमन्त्री सुधन गुरूङले आग्रह गरेका छन्।


प्रतिक्रिया दिनुहोस !
विचार