Logo
१० भाद्र २०८३, बुधबार
|  Wed Aug 26 2026

भोटेकोशी बाढीबाट प्रभावितको उद्धार र राहतकोलाई तीव्रता बनाउन राष्ट्रपतिको आग्रह


  काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा, नुवाकोट हुँदै बहने भोटेकोशी नदीमा आज बिहान अकस्मात आएको बाढीबाट भएको धनजनको क्षतिको खबरले आफूलाई अत्यन्त दुःखी बनाएको बताएका छन् ।

उनले विपद्को यस घडीमा उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघसंस्था, सुरक्षासहित सम्पूर्ण निकाय र आम नागरिकलाई आव्हान गरेका छन् ।

साथै, तल्लो तटीय क्षेत्रका सर्वसाधारणलाई सर्तक रहँदै आवश्यक समन्वय एवम् सहयोगमा जुट्न पनि उनले आगह गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार