Logo
११ भाद्र २०८३, बिहीबार
|  Thu Aug 27 2026

बाढी प्रभावितका लागि भारतले दोस्रो दिन पठायो साढे ३७ टन राहत सामग्री


काठमाडौं । भारतले नेपालका बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि ३७.५ टन मानवीय सहायता सामग्री पठाएको छ ।

भारतीय विदेशमन्त्री एस जयशंकरले सामाजिक सञ्जालमार्फत नेपालका लागि औषधि, खाद्य प्याकेट तथा मानवीय सहायता तथा विपद् प्रतिकार्य सामग्री बोकेको दोस्रो विमान उडेको जानकारी दिएका हुन् । उनका अनुसार भारत नेपालका सम्बन्धित अधिकारीहरूसँग निरन्तर र निकट सम्पर्कमा रहेको छ।

जारी राहत तथा उद्धार प्रयासमा भारतले मजबुत सहयोग जारी राख्ने जयशंकरले बताएका छन् । यसअघि भारतले बुधबार १० टनको राहत सामग्री नेपाल पठाएको थियो।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार