Logo
११ भाद्र २०८३, बिहीबार
|  Thu Aug 27 2026

भोटेकोसीमा आगामी तीन दिनमा फेरि बाढी आउने चीनको चेतावनी


काठमाडौं । चीनले भोटेकोसीमा फेरि ठूलो बाढी आउनसक्ने चेतावनी दिएको छ । चीनको जलस्रोत मन्त्रालयले नेपालको छोछेन खोला र पुरेपु छाङ्पो नदीको संगम नजिकै ठूलो ताल बनेको जनाएको छ ।

चिनियाँ सरकारी टेलिभिजन सीसीटीभीका अनुसार बिहीबार बिहानसम्म तालमा करिब २० लाख घनमिटर पानी जम्मा भएको छ। तालबाट पानी बग्न थालिसकेको र आगामी तीन दिनमा थप ३० लाख घनमिटर पानी जम्मा हुने अनुमान गरिएको ग्लोबल टाइम्सले जनाएको छ । यसले ताल फुट्ने जोखिम उच्च रहेको मन्त्रालयले जनाएको छ।

सम्भावित जोखिमलाई ध्यानमा राख्दै चिनियाँ जलस्रोत मन्त्रालयले तालको अवस्थाको निरन्तर निगरानी गरिरहेको छ। सम्भावित ताल फुट्ने अवस्थाको पूर्वानुमान गर्न बाढीसम्बन्धी विश्लेषणसमेत भइरहेको मन्त्रालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार