Logo
११ भाद्र २०८३, बिहीबार
|  Thu Aug 27 2026

राष्ट्रपति पौडेलले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्ने


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोसीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि आफ्नो एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा प्रदान गर्ने घोषणा गरेका छन् ।

राष्ट्रपतिको कार्यालयले बिहीबार विज्ञप्ति जारी गरी राष्ट्रपति पौडेलले बाढीपीडितको उद्धार तथा राहतका लागि आफ्नो एक महिनाको पारिश्रमिक सरकारी कोषमा उपलब्ध गराउने घोषणा गरेका जानकारी दिएको हो ।

बाढीबाट प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई सहयोग पुर्याउने उद्देश्यले राष्ट्रपतिले उक्त रकम प्रदान गर्ने निर्णय गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस !
विचार