डा.ठाकुरमोहन श्रेष्ठले नेतृत्व गरेको नेपाल नागरिक अभियानले पछिल्लोपटक पुनर्गठित मन्त्रीपरिषद्मा आपराधिक प्रवृत्तिका मानिसहरुको समेत सहभागिता रहेको भन्दै आपत्ति जनाएको छ ।
अभियानका तर्फबाट डा.श्रेष्ठले एक विज्ञप्ती जारी गर्दै लागुऔषधमा संलग्न व्यक्ति, गुण्डा नाइके, पासपोर्ट काण्डमा संलग्न, राष्ट्र विखण्डनमा उद्यत रहेका व्यक्तिसमेतलाई मन्त्री बनाइएको भन्दै आपत्ति जनाएका हुन् ।
जारी विज्ञप्तीमा बलात्कारी तथा अन्य आपराधिक काममा संलग्न व्यक्तिलाई पनि मन्त्री गर्ने कि सरकार भनेर व्यंग्यात्मक प्रश्न गरिएको छ । चाल्स शोभराजको नामै लिएर विज्ञप्तीमा उनलाई मन्त्री बनाउन व्यंग्यात्मक रुपमा सरकारलाई सुझाव दिइएको छ ।