Logo
२९ भाद्र २०८३, सोमबार
|  Tue Sep 15 2026

नेपालको उद्धार र राहतलाई भारतको उच्च प्राथमिकता,थप राहत सामग्री पठाउने तयारी


काठमाडौँ । भारतले नेपालमा जारी उद्धार तथा राहत कार्यलाई उच्च प्राथमिकता दिएको जनाएको छ। भारतको विदेश मन्त्रालयले नेपालमा भइरहेको उद्धार तथा राहत प्रयासबारे आज छलफल गरिएको जनाएको हो ।

छलफलका क्रममा काठमाडौँ र बेइजिङस्थित भारतीय दूतावासले नेपालमा रहेका भारतीय नागरिकको अवस्था र उनीहरूको सुरक्षित अवस्थाबारे पछिल्लो जानकारी गराएका थिए।

विदेश मन्त्रालयका सम्बन्धित विभागले नेपालमा थप पठाइने राहत सामग्रीबारे पनि जानकारी गराएको जनाएको छ।भारतले नेपालमा जारी उद्धार तथा राहत कार्यलाई उच्च प्राथमिकतामा राखेको जनाएको छ।


प्रतिक्रिया दिनुहोस !
विचार