काठमाडौँ । रसुवाको भोटेकोसीमा पुनः बाढी आएको छ । ल्हेन्दे खोला हुँदै भोटेकोसीमा पुनः बाढी आएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुपप्रसाद अधिकारीले जानकारी दिए ।
सहायक प्रजिअ अधिकारीले बाढीका कारण मानवीय तथा भौतिक क्षतिबाट जोगिन तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गरेको जानकारी दिए ।
यसअघि यही भदौ १० गते बुधबार ल्हेन्दे खोला हुँदै भोटेकोसीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङलगायत जिल्लाका विभिन्न क्षेत्रमा ठूलो मानवीय र भौतिक क्षति भएको थियो ।







