Logo
२९ भाद्र २०८३, सोमबार
|  Mon Sep 14 2026

यती डिस्टिलरी र याक ब्रिबिङ्ग कम्पनीद्वारा बाढीपीडितका लागि १ करोड ५० लाख सहयोग


काठमाडौँ । रसुवा बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि यती डिस्टिलरी प्रालि र याक ब्रिबिङ्ग कम्पनी प्रालि (कुरिनटार) ले प्रधानमन्त्री राहत कोषमा १ करोड ५० लाख रुपैयाँ सहयोग गरेका छन् ।

विपद्को कठिन घडीमा मानवीय सेवालाई प्राथमिकतामा राख्दै दुवै संस्थाले सोमबार उक्त रकमको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन् ।

संस्थाले सामाजिक उत्तरदायित्वलाई उच्च प्राथमिकतामा राख्दै विपद्मा परेका नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग गर्ने उद्देश्यले उक्त योगदान गरिएको जनाएको छ।

संस्थाका सञ्चालकको नेतृत्वमा गरिएको उक्त सहयोगप्रति संस्थाका कर्मचारी तथा सदस्यहरूले धन्यवाद व्यक्त गर्दै संस्थागत परिवारको हिस्सा बन्न पाउनु गर्वको विषय भएको बताएका छन्।


प्रतिक्रिया दिनुहोस !
विचार