काठमाडौँ । भोटेकोसी बाढीमा परी मृत्यु हुनेको संख्या ११ सय २७ पुगेको छ । नेपाल प्रहरीकाअनुसार बुधबार बिहान ८ बजेसम्म बाढीमा परेका ११ सय २७ जनाको शव फेला परेको छ ।
फेला परेका शवहरूमध्ये ३१ जना बालक, ४५ जना बालिका, २२७ जना महिला र ३९७ जना पुरुष रहेका छन् । त्यस्तै, ४२७ वटा मानव शरीरका आंशिक अङ्गहरू रहेका प्रहरीले जनाएको छ ।
फेला परेका शवहरूमध्ये १ हजार ११३ वटाको शव जाँच मुचुल्का सम्पन्न भइसकेको छ भने ९५ वटा शव परिवारलाई हस्तान्तरण गरिएको छ । बाढीमा परी ४ हजार ८५८ जना अझै सम्पर्कविहीन रहेका प्रहरीले जनाएको छ ।








