Logo
१८ भाद्र २०८३, बिहीबार
|  Thu Sep 3 2026

‘सातौँ दिनमा आएर सुरुङबाट उद्धार गर्न सकेनौँ,अब तपाईँहरू लाग्नुस् भन्नु राज्यको लाचारी हो’:सांसद थपलिया


काठमाडौँ । नेपाली कांग्रेसकी सांसद सीता थपलिया (उर्मिला) ले भोटेकोसी बाढीमा नागरिकको जीवन रक्षा गर्नबाट राज्य चुकेको बताएकी छन् ।बिहीबारको प्रतिनिधिसभा बैठकमा उनले राष्ट्रिय शोकको यस घडीमा उद्धार र राहतका लागि सरकारलाई साथ दिने प्रतिबद्धता जनाउँदै उद्धारमा देखिएको ढिलासुस्तीप्रति आलोचना गरिन् ।

बाढी आएको नौ दिन बितिसक्दा पनि त्रिशूली–३ ए र ३ बी जलविद्युत् आयोजनामा सयौँ कामदार फसेको जानकारी हुँदाहुँदै प्रभावकारी उद्धार हुन नसक्नु गम्भीर विषय भएको उनले बताइन् ।उनले भनिन्,‘सातौँ दिनमा आएर मात्र सरकारले आयोजनालाई हामीले सुरुङबाट उद्धार गर्न सकेनौँ, अब तपाईँहरू लाग्नुस् भन्नु राज्यको लाचारी हो ।’

पृथ्वी राजमार्गको कृष्णभीर क्षेत्रमा त्रिशूली नदीको कटानका कारण ५ दिनदेखि यातायात ठप्प हुँदा औषधि, खाद्यान्न र इन्धन आपूर्तिमा गम्भीर समस्या देखिएको उनले बताइन् ।त्रिशूली नदीमाथिको फुर्के खोलाको पक्की पुल बगाउँदा सदरमुकाम र राजधानीसँगको सम्पर्क टुटेकाले त्यहाँ तत्काल ’बेलिब्रिज’ निर्माण गरी सडक सम्पर्क पुनस्र्थापित गर्न उनले सरकारसँग जोडदार माग गरिन् ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार