काठमाडौं । अपर त्रिशूली-१ को सुरुङबाट एक विदेशी नागरिकको उद्धार भएको छ।रसुवाको भोटेकोसी नदीमा बाढी आएको ११ दिनपछि नेपाली सेनासहितको टोलीले उक्त जलविद्युत् आयोजनाको सुरुङबाट विदेशी नागरिक उद्धार गरेको हो ।
उनी चिनियाँ नागरिक लुहाइताओ रहेको सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले जानकारी दिए।रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा बाढी आएको ११ औं दिनपछि उनको उद्धार भएको हो।यसअघि हिजो त्रिशूली ३ ए बाट २ जनाको उद्धार भएको थियो।








