Logo
२१ भाद्र २०८३, आईतवार
|  Sun Sep 6 2026

चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र ६ जना फसेको आशंका


काठमाडौं ।चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र ६ जना फसिरहेको आशंका गरिएको छ । उनीहरूको उद्धारका निम्ति चिलिमेका सीईओ बाबुराजा महर्जनसहितको टोली खटिएको नेपाल विद्युत् प्राधिकरणका कामु कार्यकारी निर्देशक दीर्घायूकुमार श्रेष्ठले जानकारी दिए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद एवं सुरुङविद् श्रीराम न्यौपानेले पनि चिलिमेको सुरुङभित्र ६ जना फसिरहेको सूचना प्राप्त भएको सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेका छन् । यसबारे जानकारी लिन र आवश्यक परेको अवस्थामा उद्धार कार्यमा समेत प्रत्यक्ष रूपमा खटिन आफू त्यसतर्फ जाँदै गरेको समेत उनले बताएका छन् ।

यही भदौ १० गते भोटेकोसी नदीमा आएको हिमबाढीले चिलिमे जलविद्युत् आयोजना पूर्ण रूपमा क्षति भएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार