काठमाडौँ । ललितपुरको सातदोबाटोस्थित सहिद पार्कमा निर्माण गरिएको जेनजी सहिदको सालिकको अनुहार सहिदसँग नमिलेपछि उद्घाटन स्थगित गरिएको छ ।
अनुहार नमिलेपछि सातदोबाटोस्थित स्वीमिङ पुल कम्प्लेक्स परिसरमा निर्माण गरिएका जेनजी आन्दोलनका ४५ जना शहीदको सालिक अनावरण कार्यक्रम स्थगित भएको हो । परिवारले सालिकको अनुहार नसच्याएसम्म अनावरण गर्न नदिने अडान लिएपछि कार्यक्रम स्थगित गरिएको हो ।
निर्माण समितिले प्रतिमा पुनर्निर्माण गरी एक महिनाभित्र नयाँ शालिक तयार गर्ने जनाएको छ । अनवरण कार्यक्रम स्थगित भएपछि सालिक अनावरण कार्यक्रममा सहभागी हुन पुगेका गृहमन्त्री सुदन गुरुङसमेत सालिक अनावरण नगरी फर्किएका छन् । सातदोबाटोस्थित स्विमिङ पुल कम्प्लेक्समा रहेको पार्कमा जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ जना शहीदको सम्झनामा सालिक निर्माण गरिएको हो ।








