Logo
२५ भाद्र २०८३, बिहीबार
|  Thu Sep 10 2026

ओमानलाई ८७ रनले हराउँदै नेपाल एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा


काठमाडौँ । ओमानलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा पुगेको छ । मलेसियाको क्वालालम्पुरमा बिहीबार भएको सेमिफाइनलमा नेपालले ओमानलाई ८७ रनले हराएको हो ।

नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको ओमानले २८ ओभर १ बलमा ६० रन बनाउँदा सबै विकेट गुमायो । ओमानका जतिन्दर सिंहले २५, जितेन रामानन्दीले १३ रन बनाए ।

नेपालका कप्तान सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले ३/३ तथा ललित राजवंशी र रोहितकुमार पौडेलले २/२ विकेट लिए । यसअघि टस जितेर ब्याटिङ गरेको नेपाल ४५ ओभर ४ बलमा १४७ रन बनाउँदा अलआउट भयो । अब नेपालले उपाधिका लागि शनिबार यूएईसँग खेल्नेछ ।


प्रतिक्रिया दिनुहोस !
विचार